भर्ना परिक्षा फाराम खुला गरिएको सम्बन्धि सुचना

यस राधिका माध्यमिक बिद्यालय, उर्लाबारी – ६, मोरंगको शैक्षिक सत्र २०७७ का लागि अंग्रेजी माध्यम तर्फ play group तथा कक्षा ५ देखि कक्षा ९ सम्म का लागि भर्ना परिक्षा फाराम खुला गरिएको सम्बन्धित सबैमा सहर्ष जानकारी गराउदछौं ।

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरेहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि घर एकान्तबास (Home Quarantine) को अर्को उपाय नभएको कुरा प्रति हामि सचेत छौं र सबैलाई सचेत गराउन चाहन्छौं । यस्तो विषम परिस्थितिमा, हामि प्रति विस्वास तथा सद्भाव राख्नुहुने सबैका लागि, घरमानै बसेर भर्ना फाराम भर्ने सुबिधा उपलब्ध गराउने कोशिस गरेका छौं । तल दिइएको लिंकलाई थिची चैत्र मसान्त सम्ममा फाराम भरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ, साथै सम्पुर्ण शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुमा इच्छुक अभिभावक तथा बिद्यार्थीहरुलाई यो फाराम भर्न भराउन सहयोग गरिदिनहुन पनि अनुरोध गरिन्छा ।
(भर्ना फाराम सम्बन्धि थप जानकारीका लागि ९८०४९०३०७४ अन्य जानकारीका लागि ९८४२६३२३०१, ९८१९३३५८१८, ९८४२०४७३२२)
– प्र.अ., राधिका माध्यमिक बिद्यालय, उर्लाबारी- ६, हाटखोला

भर्ना परीक्षा फाराम भर्न तल दिईएकाे लिन्क मा click गर्नुहोस ।
२०७७ अङ्ग्रेजी माध्यम भर्ना परिक्षा फाराम

राधिका मा.वि. मा ५१ औ वार्षिकोत्सब एवम् अभिभावक दिवस

उर्लाबारी-६ मोरङ स्थित राधिका मा.वि. मा ५१ औ वार्षिकोत्सब एवम् अभिभावक दिवस धुमधाम गरि मनाईयाे।
यस बिधालयको ५१ औ वार्षिक उत्सव उर्लाबारीका नगर प्रमुख खड्गबहादुर फागोको प्रमुख आतिथ्यमा २०७६/११/०४ गते निम्न कार्यक्रमका साथ् सम्पन भयो।कार्यक्रमहरु १.प्र. अ. द्वारा बिधालयको आय-व्यय,भाविकार्यक्रम तथा५० औ स्वर्ण महोत्सवको आय-व्यय विवरण प्रस्तुत २.अक्षयकोषको वितरण ३.रु.५०००० बराबरको स्व.हर्कबहादुर-लक्षिमाया थापा स्मृति अक्षयकोषको स्थापना ४.बिभिन्न विधामा उत्कृस्ट शिक्षक,कर्मचारी,अभिभावकहरुलाई एवं बिधार्थिहरुलाई सम्मान ६.पुर्व बि.व्य.स. र शि.अ.संघका पदाधिकारीहरुको सम्मान ।
यस कार्यक्रमका केही झलकहरु:

Annual Function & Parent’ s Day 2076 Video