उर्लाबारीमा स्वर्ण महोत्सव

“हाम्रो विद्यालयको स्वर्णजयन्ती हाम्रो शान
गुणस्तरीय शिक्षा राधिकाको पहिचान”

यस विद्यालयको ५० औं वार्षिक उत्सव तथा स्वर्णजयन्ती २०७५ पौष–माघ महिनामा भव्यतापूर्ण रुपमा मनाउने हुदा यस विद्यालयमा विगतमा विद्यालय व्यवस्थापनमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, यस विद्यालयमा शिक्षण गर्नुहुने शिक्षकहरु, विद्यार्थीहरु एवं अभिभावक ज्यू हरुलाई हार्दिक निमन्त्रणा गरिन्छ । उक्त अवसरमा विद्यालयमा अक्षयकोष राख्न चाहने महानुभावहरु वा आफू पढेको, अध्यापन गराएको विद्यालयलाई आर्थिक लगायत अन्य सहयोग गरी राम्रो राधिका हाम्रो राधिका बनाउने कार्यमा सहयोग गर्न पनि हार्दिक अनुरोध गरिन्छ ।