सामुदायिक वनौट

यस विद्यालय रहेको क्षेत्रमा व्राम्हण, क्षेत्री, धिमाल, राई, लिम्बू, तामाङ, मधशी, मारवाडी, नेवार, सन्थाल, गुरुङ आदि जातिहरुको वसोवास रहेको छ । हिन्दू, वौद्ध, किरात धर्म मान्ने मानिसहरुको वाहुल्यता छ भने अर्थिक रुपले मध्यम करीव ६० प्रतिशत र अन्य ४० प्रतिशत उच्च र निम्न वर्गीय मानिसहरुको वसोवास छ नयाँ परिवारहरु उल्लेख्य मात्रामा पहाड तर्फ वाट, भारत आसाम वाट र आन्तरिक ९तराई क्षेत्रवाट० आएको पाइन्छ किन कि यो एउटा नगरउन्मुख नगरपालिका भएकोले पनि त्यस्तो हुन गएको हो । लैङ्गिक रुपमा पुरुष र महिलाको संख्या वरावर भएता पनि मतदाता संख्या मात्र हेर्ने हो भने महिलो संख्या ……… ले वढि छ । त्यसरी नै तराई कै गाउ वाट वा पहाडका गाउ÷वस्तिहरुवाट आफ्ना नानिहरुलाई पढाउन र साना तिना व्यापार गर्न डेरा बसी गुजारा चलाउने मानिसहरुको संख्या पनि १–२ प्रतिशत पाइन्छ ।