भौगोलिक अवस्था

राधिका माध्यमिक विद्यालय उर्लावारी नगरपालिका– ६ स्थित हाटखोलामा अवस्थित छ । महेन्द्र राजमार्ग देखि करीव ३०० मी. उत्तर मधुमल्ला रोडमा अवस्थित, पश्चिम मा वडा नं. ५ को हाटखोला पर्दछ भने उत्तर, दक्षिण, पूर्व चारै तिर वस्ति ९गाउ० हरु रहेका छन् । पश्चिम पट्टी यसको खेलमैदान छ भने विचमा कम्पाउण्डवाल लगाई शैक्षिक भवनहरु छन् भने पूर्वमा करीव साढे १ विघा विद्यालयको जग्गा छ जहा वाली विज्ञानको प्रयोगात्मक कक्षा र विचको जग्गा ठेक्कामा लगाइएको छ । विद्यालयको वरीपरी विगतमा प्रकृतिक विपद्का दुखद घट्नाहरु घटेका छैनन् तर विद्यालयको उत्तर पूर्वमा मावाखोलाको वाध फुटि केहि अभिभावकहरु डुवान र कटानको समस्याले प्रताडित हुनुपरेको थियो । ढलको उचित व्यवस्थापन नहुदा वर्षादको समयमा विद्यालयको खेलमैदानमा पानी जम्ने गरेको छ । विद्यालय रहेको ठाँउको गुगल म्याप र सेवा क्षेत्रको नक्सालाई अनुसुचि … मा राखिएको छ ।