१. विद्यालयको परिचयः

श्री राधिका मा.वि. को स्थापना सर्वप्रथम वि.स. २०२५ सालमा रधिका प्रा।वि। को नाममा तात्कालिन मधुमल्ला गा.वि.स. वडा नं. ५ तथा हाल उर्लाबारी नगरपालिका वडा नं. ४ मा भएको थियो । यस विद्यालयको नामाकरणको सम्बन्धमा खोजविन गर्दा यो विद्यालय शुरुवात हँुदाका प्रधानाध्यापक श्री बद्रीप्रसाद खतिवडाको भनाई अनुसार भगवान श्री कृष्णकी राधिकाको नामबाट राधिका मा.वि. उर्लाबारी न.पा. वडा नं. ३ हाटखोला वि.सं. २०२५ सालमा स्थापना भएको इतिहास पाइन्छ । यो विद्यालयको विकास हुने क्रम क्रमश २०२५ सालमा कक्षा ४, २०२६ सालमा ६, २०२७ मा ७, २०२८ मा ८, ९ गरि २०२९ सालमा कक्षा १० को स्वीकृत पाई मा.वि. को रुपमा हाल सम्म संचालित छ । माध्यमिक तहको विद्यालय संचालन गर्नका लागि स्व. भिमबहादुर काफ्ले र दुर्गाबहादुर कार्की एवं उनका पिता हस्तबहादुर कार्कीको अग्रणी भुमिका रहेको छ । साथै सेवा भावना प्रचुर मात्रामा भएका तत्कालीन प्र।अ। स्व. मोहन गिरी जस्ले प्रारम्भमा निशुल्क रुपमा सेवा प्रदान गर्नुभएको पाईन्छ । यस विद्यालयको स्थापना निर्माण, भौतिक संरचनाको प्रारम्भिक कालमा समाजसेवी स्व. उपेन्द्र बहादुर थापा, स्व. राम बहादुर पौडेल, स्व. पहलमान कार्की, श्री ताराबहादुर काफ्ले, स्व मेजर श्री हर्क ब. तामाङको अत्यन्त ठूलो भूमिका रहेको छ साथै पुर्व प्र।अ। स्व. दिलिप राई ज्यू को पनि ठूलो योगदान रहेको छ ।

यस विद्यालयलाई शैक्षिक नेतृत्व र प्रतिस्पर्धामा उतार्न नया रा.शि.प. को योजना पुर्व तत्कालिन प्र.अं श्री प्रेमचन्द्र सापकोटा र यस पछि २०२९ सालदेखि अविछिन्न रुपमा २०६३ साल सम्म श्री नगेन्द्रलाल दास ज्यूले उल्लेखनीय योगदान दिनु भएको थियो । २०२९ सालमा काठको वेरा १०० फुट लम्बाई भएको टिनको छाना भएको ३ कोठे भवन थियो भने २०३६ सालमा ६ कोठे पक्की भवन साविक मधुमल्ला गा.वि.स.ले निर्माण गरिदिएको थियो । २०३२ सालमा विद्यालयको निजि खर्चमा पूनः २ कोठे पक्की गारो र टिनको छानो भएको भवन ३ कोठा, २०४२ सालमा काठको वेरा र टिनको छाना भएको भवन ३ कोठा, २०४२ सालमा काठको वेरार टिनको छाना भएको भवन पक्कीको गारो वनाएको तथा ५ वटा २ कोठे भवन भुकम्प फण्डबाट निर्माण भएको थियो । तत्कालिन राजघाट गा.वि.स. वडा नं.– १ निवासी हाल उर्लाबारी– ८ निवासी सर्वलाल धिमाल ज्यू ले विद्यालयको खेलमैदानमा प्रवेशद्वार निर्माण गरिदिनु भएको छ । विद्यालयको परिसरमा ठुलिकान्छी तामाङ र सानी कान्छी तामाङ, जिल्ला लाप्लेजुङ चामे वडा नं. … ले सरस्वतीको मन्दिर निर्माण गरिदिनु भएको छ भने यस विद्यालयमा कार्यरत शिक्षक यज्ञप्रसाद दहाल र वहाँको श्रीमती लिला देवी दहालले उद्यान सहितको महाकवी लक्ष्मी प्रसाद देवकोटाको सालिक निर्माण गरिदिनु ष्एको छ साथै क्याप्टेन …….. तामाङ को परिवारवाट वास्केट वल कोर्ट निर्माण गरिदिनु भएको छ भने समाजसेवी शोभा चेम्जोङ वाट वहाँको सासु आमा पालुङ्वा र पति सनम पालुङ्वाको स्मृतीमा वालवाटिकाको निर्माण गर्नुभएको छ तर हाल जीर्ण अवस्थामा रहेको छ । साथै यस विद्यालयका भू.पू. विद्यार्थी हाल अमेरिका निवासी चुडामडि खनाल वाट कक्षा– १ का विद्यार्थीका लागि खाजाको लागि र पोशाकको लागि विगत ५ वर्ष देखि रु १०,००० र– ९दश हजार मात्र० नगदै सहयोग गर्दै आउनु भएको छ । विद्यार्थीहरुको शैक्षिक उपलव्धिमा सुधार होस भन्ने हेतुवाट विद्यालयको ४९ औ वार्षिक उत्सव र अभिभावकको दिवशमा स्व. रामचन्द्र पोख्रेल का छोराहरु लोकनाथ, रधाकृष्ण र भुवनेश्वर वाट रु १,०१,१११र– र उर्लाबारी …. निवासी …….. बराल द्वारा रु १,११,१११र– को “स्व. रोनीस स्मृती अक्षयकोष” राखिदिनु भएको छ ।

यस विद्यालयमा २०३२ साल देखि हाल सम्मका सहयोग पुरयाउनने वि।व्य।स। अध्यक्ष को नामावली यस प्रकार उल्लेख गर्न सकिन्छः

क्र.स. अध्यक्षको नाम ठेगाना कार्य अवधि कैफियत
स्व. दुर्गा ब. कार्की उर्लाबारी २०३२–२०३७
स्व. उपेन्द्र ब. थापा उर्लाबारी २०३७–२०३९
स्व. दलशेर राई उर्लाबारी २०३९–२०४६
मुकुन्द ढुङ्गाना उर्लाबारी २०४७–२०५०
स्व. धनबहादुर कार्की उर्लाबारी २०५०–२०५४
चक्र बहादुर कार्की उर्लाबारी २०५४–२०५९
पर्तमान धिमाल राजघाट २०५९–२०६७
मानबहादुर श्रेष्ठ उर्लाबारी २०६७–२०७१
९. चन्द्र बहादुर राई उर्लाबारी २०७१–२०७१

देखि हाल सम्म चन्द्रबहादुर राई हुनुहुन्छ । प्र.अ. श्री नगेन्द्रलाल दाश ज्यूको अनिवार्य अवकाश पछि २०६३ साल देखि स्वं. प्र.अ. श्री दिलिप राई ले २०६८ सम्म विद्यालय संचालन गर्नु भएको र हाल विद्यालयको प्र.अ. श्री कुमार पोख्रेल ज्यू कार्यरत हुनुहुन्छ । माथि उल्लेखीय पूराना कक्षा कोठाहरु देखि वाहेक लम्बाई र चौडाई भएको सभाकक्ष समाजसेवी मेजर श्री हर्कबहादुर तामाङ तथा क्यारितास नेपालको संयुक्त लगानीमा २०० जना बस्न सक्ने सभाहल साथै विद्यालयको श्रोत ७० प्रतिशत र ३० प्रतिशत सरकारी अनुदानमा ४ कोठे पक्की भवन निर्माण गरी १ कोठालाई कम्प्युटर कक्ष र अन्य ३ कोठालाई अध्यनका कक्षाहरु संचालन गरिएको छ । यसका साथै अन्य निर्माणकार्यमा युरिनल च्यालन ९पिसाब घर० २०६५ सालमा क्यन्टीन र छात्राहरुको शौचालयहरु सम्पन्न गरिएको छ ।

यस विद्यालयले वि.स. २०२८ साल देखि विद्यालयलाई एस.एल.सी. परिक्षामा सम्मिलित गराइएको थियो । यस विद्यालयका विद्यार्थीले मधुमल्ला स्थित श्री मनोहर जनता माध्यमिक विद्यालय मार्फत पहिलो एस.एल.सि. दिइएका थिए । वि.स. २०३० सालमा विराटनगर र २०३५ सालमा दमक बाट यस विद्यालयका विद्यार्थीले एस.एल.सि. दिएका थिए । वि.स. २०३६ सालको एस.एल.सि मात्र यस विद्यालयबाट दिएको अभिलेख मा उल्लेख भएको छ । वि.स. २०३९ सालमा यस विद्यालयबाट पुर्वाञ्चलकौ सबैभन्दा बढी प्रतिशत विद्यार्थीहरु एस.एल.सि मा पास भएका थिए त्यसै कारणले गर्दा यस विद्यालयले विरेन्द्र विद्या सिल्ड र नगद पुरस्कार रु १५ हजार प्राप्त गरेको थियो । दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा यस विद्यालयले विराट भूमिका निर्वाह गरेको देखिन्छ । आफ्ना अगाडि आइपर्ने अनेकौ समस्या र चुनौतीलाई सामना गर्दै आफ्नै भौतिक, आर्थिक र शैक्षिक सम्पन्नताले भ्याएसम्म जे जस्तो शिक्षाको मागलाई पुरा गर्ने जमर्को गरिएको पनि देखिन्छ ।

यस विद्यालयले शै.स. २०७३ बाट कक्षा ६, ७, र ८ मा अंग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालनको शुरुवात गरी ९० जना विद्यार्थी अध्यायनरत रहेका छन । साथै नेपाल सरकारबाट क्षेत्र नं. ९ को विज्ञान विषय अिध्यापन गराउने विद्यालयको रुपमा नमुना विद्यालयको रुपमा कक्षा ११ र १२ मा विज्ञान संकाय पनि कक्षा सञ्चालन भइरहेको छ साथै निजी रुपमा कक्षा ११ र १२ मा वाणिज्य र शिक्षा संकाय पनि कक्षा सञ्चालन तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदको स्वीकृतिमा २०६६ सालबाट नै संचालन भइरहेको छन् । साथै शै.स. २०७३ बाट नै नेपाल सरकार, शिक्षा मन्त्रालय शिक्षा विभागको स्वीकृति अनुसार प्राविधिक धार तर्फ वाली विज्ञान को कक्षा– ९ मा ४४ जना विद्यार्थीहरु सहित प्रविधिक तर्फको कक्षाहरु संचालन भइरहेको छ ।