शैक्षिक सत्र २०७३ वाट यस विद्यालयमा प्रविधिक धार तर्फ वालि विज्ञान (Plant Science) को कक्षा सञ्चालन गरिएको हो । विगतमा कक्षा ९ बाट प्रविधिक धार सुरु गरेको यस विद्यालयमा शैक्षिक सत्र २०७३–२०७४ मा जम्मा ४५ जना विद्यार्थीले भर्ना लिएका थिए । २०७४–२०७५ मा कक्षा १० पनि थालनी भयो र हाल २०७५–२०७६ सत्रमा कक्षा ११ समेत सफलतापूर्वक सञ्चालन भई रहेको छ ।