श्री राधिका मा.वि. को स्थापना सर्वप्रथम वि.स. २०२५ सालमा रधिका प्रा.वि. को नाममा तात्कालिन मधुमल्ला गा.वि.स. वडा नं. ५ तथा हाल उर्लाबारी नगरपालिका वडा नं. ६ मा भएको थियो । यो विद्यालयको विकास हुने क्रम क्रमश २०२५ सालमा कक्षा ४, २०२६ सालमा ६, २०२७ मा ७, २०२८ मा ८, ९ गरि २०२९ सालमा कक्षा १० को स्वीकृत पाई मा.वि. को रुपमा हाल सम्म संचालित छ । यो विद्यालयको विकास हुने क्रम क्रमश २०२५ सालमा कक्षा ४, २०२६ सालमा ६, २०२७ मा ७, २०२८ मा ८, ९ गरि २०२९ सालमा कक्षा १० को स्वीकृत पाई मा.वि. को रुपमा हाल सम्म संचालित छ । यस विद्यालयले वि.स. २०२८ साल देखि विद्यालयलाई एस.एल.सी. परिक्षामा सम्मिलित गराइएको थियो । यस विद्यालयका विद्यार्थीले मधुमल्ला स्थित श्री मनोहर जनता माध्यमिक विद्यालय मार्फत पहिलो एस.एल.सि. दिइएका थिए । आफ्ना अगाडि आइपर्ने अनेकौ समस्या र चुनौतीलाई सामना गर्दै आफ्नै भौतिक, आर्थिक र शैक्षिक सम्पन्नताले भ्याएसम्म जे जस्तो शिक्षाको मागलाई पुरा गर्ने जमर्को गरिएको पनि देखिन्छ । यस विद्यालयमा प्रारंभिक वालशिक्षा देखि कक्षा– १२ सम्मको औपचारिक शिक्षाको कार्यक्रम संचालन गरिएको छ ।