विगत २०७३ साल देखि यस राधिका मा. वि. मा अंग्रेजी माध्यमको थालनी भएको हो । अनेकौ समस्या, चुनौती र भावनाहरुले भरीएको हुँदा पहिलो बर्ष ठीकै रहेको पाइन्छ । सत्र २०७३–२०७४ मा कक्षा ६ देखि ८ सम्म सञ्चालनमा रहेको थियो । प्ररम्भमा कक्षा ६ मा २५ जना, कक्षा ७ मा २९ जना र कक्षा ८ मा ३६ जना गरी जम्मा ९० जनालाई भर्ना लिईएको थियो । यो एक पूर्णतय अंग्रेजी माध्यम भएकोले निजी विद्यालय जस्तै सबै सेवा सुविधा दिने प्रयास गरियो । यस चरणमा केही कमी कमजोरी भएता पनि पढाइमा भने कुनै किसिमको ढिलाई भएन र फलस्वरुप प्रथम वर्षको नतिजा उत्कृष्ट रहयो । अंग्रेजी माध्यम सञ्चालनको क्रममा पहिलो बर्ष २ जना निजी शिक्षकको समेत छनौट गरिएको थियो ।त्यस पश्चात २०७४–२०७५ सत्रमा प्रत्येक कक्षालाई दुई सेक्सनमा विभाजन गरी कक्षा ६ मा ५७ जना, कक्षा ७ मा ६५ जना, कक्षा ८ मा ४९ र कक्षा ९ मा एउटा सेक्सनमा ३५ जना गरी जम्मा २०६ जनालाई भर्ना लिईयो । हाल २०७५–२०७६ सत्रमा कक्षा ६ मा एउटा सेक्सन गरी ३८ जना, कक्षा ७ मा तीनवटा सेक्सन गरी ९८ जना, कक्षा ८ मा दुईवटा सेक्सन गरी ७७ जना, कक्षा ९ मा दुईवटा सेक्सनमा ७२ जना र कक्षा १० मा एउटा सेक्सनमा ३० जना गरी जम्मा ३१५ जना अध्ययनरत छन् ।