विद्यालयमा संचालित कार्यक्रमहरु
यस विद्यालयमा प्रारंभिक वालशिक्षा देखि कक्षा– १२ सम्मको औपचारिक शिक्षाको कार्यक्रम संचालन गरिएको छ । शै.स. २०७३ देखि कक्षा ६, ७, र ८ मा अंग्रजी माध्यम वाट पनि शिक्षण सुरुवात गरि हाल कक्षा– ९ सम्म अंग्रेजी माध्यम संचालनमा छ । अर्को शै.स. वाट पुर्व प्राथमिक तहवाट कक्षा सञ्चालन गर्ने लक्ष विद्यालयले लिएको छ । शै.स. २०७३ वाट यस विद्यालयमा प्रविधिक धार तर्फ कक्षा– ९ वाट वालि विज्ञान को कक्षा सञ्चालन गरिएको छ । तत्कालिन उ.मा.शि.प. वाट कक्षा– ११ र १२ मा शिक्षा, वाणिज्य र विज्ञान संकायका कक्षाहरुपनि सञ्चानलित छ जहा कम्युटर विज्ञानलाइ पनि ऐच्छिक विषयको रुपमा राखिएको छ । कक्षा– ९ र १० मा निम्नानुसारका ऐच्छिक विषयहरु राखिएको छ क) अतिरिक्त गणित ख) अर्थशास्त्र ग) कार्यलय सञ्चालन र लेखा साथै कक्षा– ११ र १२ मा निम्न विषयहरु विभिन्न संकायहरु अन्तर्गत राखिएकाछन्ः वाणिज्य संकाय अन्तर्गतः Business Study/ Business Math, शिक्षा संकाय अन्तर्गत Population, Nepali, English, Health and Physical Education, विज्ञान संकाय तर्फ Maths/ Biology/ Computer Science जस्ता विषयहरु राखिएका

