अंग्रेजी माध्यम

विगत २०७३ साल देखि यस राधिका मा. वि. मा अंग्रेजी माध्यमको थालनी भएको हो । अनेकौ समस्या, चुनौती र भावनाहरुले भरीएको हुँदा पहिलो बर्ष ठीकै रहेको पाइन्छ ।

सत्र २०७३–२०७४ मा कक्षा ६ देखि ८ सम्म सञ्चालनमा रहेको थियो । प्ररम्भमा कक्षा ६ मा २५ जना, कक्षा ७ मा २९ जना र कक्षा ८ मा ३६ जना गरी जम्मा ९० जनालाई भर्ना लिईएको थियो । यो एक पूर्णतय अंग्रेजी माध्यम भएकोले निजी विद्यालय जस्तै सबै सेवा सुविधा दिने प्रयास गरियो । यस चरणमा केही कमी कमजोरी भएता पनि पढाइमा भने कुनै किसिमको ढिलाई भएन र फलस्वरुप प्रथम वर्षको नतिजा उत्कृष्ट रहयो । अंग्रेजी माध्यम सञ्चालनको क्रममा पहिलो बर्ष २ जना निजी शिक्षकको समेत छनौट गरिएको थियो ।त्यस पश्चात २०७४–२०७५ सत्रमा प्रत्येक कक्षालाई दुई सेक्सनमा विभाजन गरी कक्षा ६ मा ५७ जना, कक्षा ७ मा ६५ जना, कक्षा ८ मा ४९ र कक्षा ९ मा एउटा सेक्सनमा ३५ जना गरी जम्मा २०६ जनालाई भर्ना लिईयो । हाल २०७५–२०७६ सत्रमा कक्षा ६ मा एउटा सेक्सन गरी ३८ जना, कक्षा ७ मा तीनवटा सेक्सन गरी ९८ जना, कक्षा ८ मा दुईवटा सेक्सन गरी ७७ जना, कक्षा ९ मा दुईवटा सेक्सनमा ७२ जना र कक्षा १० मा एउटा सेक्सनमा ३० जना गरी जम्मा ३१५ जना अध्ययनरत छन् ।

थप पढ्नुहोस्

नेपाली माध्यम

श्री राधिका मा.वि. को स्थापना सर्वप्रथम वि.स. २०२५ सालमा रधिका प्रा.वि. को नाममा तात्कालिन मधुमल्ला गा.वि.स. वडा नं. ५ तथा हाल उर्लाबारी नगरपालिका वडा नं. ६ मा भएको थियो ।

यो विद्यालयको विकास हुने क्रम क्रमश २०२५ सालमा कक्षा ४, २०२६ सालमा ६, २०२७ मा ७, २०२८ मा ८, ९ गरि २०२९ सालमा कक्षा १० को स्वीकृत पाई मा.वि. को रुपमा हाल सम्म संचालित छ । यो विद्यालयको विकास हुने क्रम क्रमश २०२५ सालमा कक्षा ४, २०२६ सालमा ६, २०२७ मा ७, २०२८ मा ८, ९ गरि २०२९ सालमा कक्षा १० को स्वीकृत पाई मा.वि. को रुपमा हाल सम्म संचालित छ । यस विद्यालयले वि.स. २०२८ साल देखि विद्यालयलाई एस.एल.सी. परिक्षामा सम्मिलित गराइएको थियो । यस विद्यालयका विद्यार्थीले मधुमल्ला स्थित श्री मनोहर जनता माध्यमिक विद्यालय मार्फत पहिलो एस.एल.सि. दिइएका थिए । आफ्ना अगाडि आइपर्ने अनेकौ समस्या र चुनौतीलाई सामना गर्दै आफ्नै भौतिक, आर्थिक र शैक्षिक सम्पन्नताले भ्याएसम्म जे जस्तो शिक्षाको मागलाई पुरा गर्ने जमर्को गरिएको पनि देखिन्छ । यस विद्यालयमा प्रारंभिक वालशिक्षा देखि कक्षा– १२ सम्मको औपचारिक शिक्षाको कार्यक्रम संचालन गरिएको छ ।

थप पढ्नुहोस्

वालि विज्ञान

शैक्षिक सत्र २०७३ वाट यस विद्यालयमा प्रविधिक धार तर्फ वालि विज्ञान (Plant Science) को कक्षा सञ्चालन गरिएको हो ।

विगतमा कक्षा ९ बाट प्रविधिक धार सुरु गरेको यस विद्यालयमा शैक्षिक सत्र २०७३–२०७४ मा जम्मा ४८ जना विद्यार्थीले भर्ना लिएका थिए ।

सत्र २०७४–२०७५ मा कक्षा १० पनि थालनी भयो । शैक्षिक सत्र २०७५–२०७६ मा कक्षा ९ मा जम्मा ४४ जना विद्यार्थी छन् भने कक्षा १० मा ३८ जना विद्यार्थीहरु अध्ययन्रत छन् । र हाल २०७५–२०७६ सत्रमा कक्षा ११ समेत सफलतापूर्वक सञ्चालन भई रहेको छ ।

थप पढ्नुहोस्

प्रिन्सिपलको सन्देश

h
March 15, 2018

आदरणीय मान्यजनहरु
वालबालिकाहरु देशका कर्णधार हुन् भन्ने हाम्रो वुझाइ छ । उनीहरुको घर पछिको व्यवस्थित र औपचारिक शिक्षा लिने ठाउँ विद्यालय नै हो । जीवनोपयोगी ज्ञान, सीप र क्ष्मता अभिवृद्धिको लागि वातावरण पनि सोही अनुसारको हुनु आवश्यक छ । बालबालिकाको बिचारलाई नयाँ, स्पादितो, चुस्त र समयानुकुल बनाउन सकिएन भने आउने समाज निर्माणमा बाधा पुग्न सक्छ त्यसैले हाम्रो लक्ष नै, “समयानुकुल प्रविधिक र सीपमुलक शिक्षा, समृद्ध राष्ट्र, स्वभीमानी र क्रियाशील पुस्ता” राखेको कुरा अवगत गराउन चाहान्छौ ।

यो राधिका माध्यमिक विद्यालय भयरहित वालमैत्री, विभेद रहित समावेशी शिक्षा दिने नमुना विद्यालयको रुपमा निरन्तर सक्रिय रहेको छ । हामी हाम्रो विद्यालय क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण बालबालिकाहरुलाई समुचित तथा जिविकोपार्जन गर्न सक्ने सिप दिन प्रयासरत छौ । यस काममा सरोकारवाला सम्म सहज पहुँच पु¥याउन वा घर र समाजमा पनि आफ्ना तथा आफ्ना समुदायका बालबालिकाहरुलाई सहि मार्गदर्शन गर्न हामी बिनम्रताका साथ अनुरोध गर्दछौ ।

यस विद्यालयमा कक्षा १ – १० नेपाली माध्यममा पढाई हुन्छ । ६ – १० सम्म अंग्रजी माध्यमको छुट्टै कक्षा सञ्चालित छन । कक्षा ९ र १० मा प्रविधिक शिक्षा अन्तर्गत बाली विज्ञानका कक्षाहरु सञ्चालित छन् । कक्षा ११ र १२ मा विज्ञान, मानविकी,, शिक्षा तथा वाणिज्यशास्त्रका कक्षा सञ्चालीत छन् । समग्रमा हामी हाम्रो विदालयलाई शिक्षक, विद्यार्थी, अभिभावक साथै यस संग सरोकारवाला सबैको सहयोग र समन्वयमा सबैको शिक्षा प्रतिको रुची र आवश्यक्ता पुरा गर्न सक्ने नमुना विद्यालयका रुपमा निरनतर विकास गर्न चाहान्छौ । यसै दिशामा सबैको ध्यान र सहयोगको अपेक्षा गर्दछौं ।

प्र .अ . कुमार पोख्रेल

पुरा पढ्नुहोस

शिक्षकहरु/ कर्मचारीहरु